तथ्यजाँच मिथ्या सूचना

काठमाडौँ महानगरपालिकामा उपमेयरका उम्मेदवारहरुबारे सेतोपाटीको विवरण गलत


काठमाडौँ महानगरपालिकामा उपमेयरका उम्मेदवारहरुबारे सेतोपाटीको विवरण गलत

अनलाइन न्युजपोर्टल सेतोपाटीले ‘यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार’ शीर्षकमा वैशाख २१ गते समाचार प्रकाशन गरेको छ। समाचारमा उम्मेदवारहरुको नाम र पार्टीगत विवरण अथवा स्वतन्त्र हुन् समेत खुलाइएको छ।

तर हाम्रो तथ्य जाँचमा सेतोपाटीको विवरण गलत देखिएको छ। निर्वाचन आयोगले दिएको आधिकारिक विवरण अनुसार काठमाडौँ महानगरपालिकामा उपमेयरमा ३० जना मात्रै उम्मेदवार छन्।

के छ समाचारमा ?

सेतोपाटीले ‘यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार’ शीर्षकको समाचारमा लेखेको छ- निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा प्रमुख पदमा ५५ जनाको उम्मेदवारी परेको छ। यस्तै उपप्रमुखमा ३७ जनाले दाबी गरेका छन्। जसमध्ये ३५ जनाले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् भने २० जना स्वतन्त्र उम्मेदवारले दाबी गरेका छन्।

समाचारमा मेयर (प्रमुख) र उपमेयर (उपप्रमुख) का उम्मेदवारहरु र उनीहरुको पार्टीगत विवरण वा स्वतन्त्र हैसियतका हुन् समेत यसरी खुलाइएको छ। समाचारमा उपप्रमुखको नाम र दलगत विवरण यसरी खुलाइएको छ-

 

हेर्नुस् सेतोपाटीको समाचारको अर्काइभ लिङ्क

के हो तथ्य ?

समाचारको शीर्षक र सूचीमा काठमाडौँ महानगरपालिकाका उपमेयरका ३७ जना उम्मेदवार भनिएको छ। तर उक्त सूचीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाटै दुई उम्मेदवारको नाम राखिएको छ- शान्ता थापा र सुनीता डंगोल। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट सरस्वती नेपाल र रामेश्वर श्रेष्ठ दुई जनाको नाम राखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समेत सरिता बजगाइँ चापागाइँ र बिनिता मगैया दुई जनाको नाम काठमाडौँका उपमेयरको उम्मेदवारको सूचीमा राखिएको छ।

निर्वाचन आयोगले २०७९ वैशाख २० गते ६ बजेसम्म प्रणालीमा प्रविष्ट भएको विवरण आफ्नो वेबसाइटमा राखेको छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ

त्यसमा भएको विवरण अनुसार काठमाडौँ महानगरपालिकामा उपमेयरका उम्मेदवार निम्न हुन्-

गुण बहादुर बन्जारा क्षेत्री आधुनिक नेपाल समाजवादी पार्टी
रामेश्‍वर श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
सुनिता डंगोल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सविता श्रेष्ठ नेपाल मजदुर किसान पार्टी
पुष्पा खरेल नेपाल सुशासन पार्टी
इन्दिरा अधिकारी (थापा) नेपाली कांग्रेस (बी.पी.)
बन्दना बज्राचार्य नेपाली जनता दल
कल्पना ओझा मौलिक जरोकिलो पार्टी
बिनिता मगैया राष्ट्रिय प्रजातन्त्र पार्टी
क्रिर्ती कंसाकर विवेकशील साझा पार्टी
संगिता आचार्य सचेत नेपाली पार्टी
राजेश शाही स्वतन्त्र
उमा गुरुङ स्वतन्त्र
सानु महर्जन स्वतन्त्र
रिङ्कु श्रेष्‍ठ स्वतन्त्र
रवि नापित स्वतन्त्र
रन्जन डंगोल स्वतन्त्र
राजेन्द्र खड्गी स्वतन्त्र
मोहन कृष्‍ण श्रेष्‍ठ स्वतन्त्र
विश्व विजय श्रेष्ठ स्वतन्त्र
विद्या श्रेष्‍ठ (महर्जन) स्वतन्त्र
आशिष चन्द्र तुलाधर स्वतन्त्र
आशिष महर्जन स्वतन्त्र
वेन्जी सिंह महर्जन स्वतन्त्र
सहेम खड्गी स्वतन्त्र
नरेन्द्र मान डंगोल स्वतन्त्र
अम्वर वहादुर खत्री स्वतन्त्र
कृष्‍ण तण्‍डुकार स्वतन्त्र
जुगल तण्‍डुकार स्वतन्त्र
रमेश प्रसाद जोशी स्वतन्त्र

सेतोपाटीको समाचारमा काठमाडौँ महानगरपालिकाका उपमेयरका उम्मेदवार भएको भनी उल्लेख गरिएकी एमालेकी शान्ता थापा,  एकीकृत समाजवादीकी सरस्वती नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरिता बजगाइँ चापागाइँसमेत सात जना वास्तवमा काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख उम्मेदवार भएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा देखिन्छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुखहरुको सूची

तथ्य जाँच

दावी : सेतोपाटीमा प्रकाशित समाचार र उम्मेदवारहरुको सूची अनुसार काठमाडौँ महानगरपालिकामा उपमेयरका ३७ जना उम्मेदवार छन्।

तथ्य : मिथ्या सूचना । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ महानगरपालिकाका उपमेयरमा ३० जना उम्मेदवार छन्। सेतोपाटीको सूचीमा रहेका सात जना उम्मेदवारको नाम कागेश्वरी मनोहरा नगरपालिकाको उपमेयर उम्मेदवारमा भेटियो। तसर्थ सेतोपाटीको समाचार शीर्षक र विवरण मिथ्या छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add