तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

सन्दीप लामिछाने विश्वकप खेल्न अमेरिका उडेको दाबी मिथ्या


सन्दीप लामिछाने विश्वकप खेल्न अमेरिका उडेको दाबी मिथ्या

सामाजिक सञ्जालमा क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न अमेरिका उडेको दाबी भाइरल भइरहेको छ । हाम्रो तथ्यजाँचले भने उक्त दाबी मिथ्या देखिएको छ।

के छ भाइरल पोस्टमा ?
लक्ष्मण नाम गरेको फेसबुक पेजबाट बुधबार (२२ मे, २०२४) मा नेपाली क्रिकेटर सन्दीप लामिछाने प्लेनमा बसेको तस्वीर राखिएको छ, जसमा लेखिएको छ ‘हिँडे है सन्दीप अमेरिका वर्ल्डकप खेल्न, सबैले जितको शुभकामना लेखिदिनुहोला।’

उक्त पोस्टमा बिहीबार (२३ मे २०२४) मध्याह्नसम्म ६००० रियाक्सन र २८३ कमेन्ट गरिएको छ । साथै उक्त पोस्टलाई ३१ पटक सेयर गरिएको छ ।

भाइरल सामग्रीको स्क्रिनसट

फेसबुक लिंक

त्यस्तै ललिता पाना नाम गरेको फेसबुक पेजबाट पनि बुधबार सोही विवरण सहितको पोस्ट सेयर गरिएको छ । सो पोस्टमा विहीबार मध्याह्नसम्म २७०० पटक रियाक्ट, २६२ पटक कमेन्ट र ८ पटक सेयर गरिएको छ ।

भाइरल सामग्रीको स्क्रिनसट


फेसबुक लिंक

Our Meghastar Prince Paul Shah Official  नाम गरेको फेसबुक पेजबाट पनि बुधबार सोही तस्वीर सेयर गरिएको छ । उक्त तस्वीरमा बिहीबार मध्याह्नसम्म २३०० पटक रियाक्ट, ८९ कमेन्ट र ४ पटक सेयर गरिएको छ ।
उक्त सामग्रीको स्क्रिनसट

तथ्य के हो ?

क्रिकेटर लामिछाने विश्वकप खेल्न अमेरिका जाने भनिएपनि भिसा प्रक्रियाका क्रममा नेपालस्थित अमेरिकी दूतावासले उनको भिसा आवेदन अस्वीकृत गरिदिएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। भिसा अस्वीकृत भएका कारण उनी अमेरिका उडेको तथ्य पुष्टि हुँदैन। आफ्नो भिसा आवेदन अमेरिकी दूतावासबाट अस्वीकृत भएको बारेमा लामिछानेले एक्स (पहिलेको ट्वीटर) एकाउन्टमार्फत दिएको जानकारीको स्क्रिनसट


लिंक

भाइरल भइरहेको लामिछानेको प्लेनमा बसेको फोटोलाई हामीले रिभर्स इमेज सर्च गरी हेर्‍यौँ। यस क्रममा यो फोटो अहिलेको नभई सन २०२३ मा पाकिस्तानमा भएको एशियाकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाँदाको रहेको पाइएको छ । उनले २८ अगष्ट २०२३ मा एक्स (पहिलेको ट्वीटर) एकाउन्टमा सो तस्वीर सार्वजनिक गरेका थिए।

सन्दीपले त्यतिबेला एक्समा सार्वजनिक गरेको तस्वीरको स्क्रिनसट


लिंक

तथ्य जाँच

दावी : सन्दीप लामिछाने विश्वकप खेल्न अमेरिका उडे।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्यः मिथ्या सूचना। क्रिकेटर लामिछाने विश्वकप खेल्न अमेरिका जाने भनिएपनि भिसा प्रक्रियाका क्रममा नेपालस्थित अमेरिकी दूतावासले उनको भिसा आवेदन अस्वीकृत गरिदिएको छ। भिसा अस्वीकृत भएको जानकारी उनी आफैले जानकारी गराएका कारण अमेरिका उडेको दावी पुष्टि हुँदैन। अर्काेतर्फ उनी अमेरिका उडेको दाबीसहित पोस्ट गरिएको तस्वीर सन २०२३ मा पाकिस्तानमा भएको एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाँदाको भएको देखिन्छ। त्यसैले लामिछाने विश्वकप २०२४ खेल्न अमेरिका उडे भन्ने दाबी मिथ्या भएको निष्कर्षमा हामी पुग्यौँ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add