गण्डकी तथ्यजाँच मिथ्या सूचना सम्बन्धित प्रदेश

मुस्ताङमा पहिरो भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोको तथ्य के हो ?


मुस्ताङमा पहिरो भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोको तथ्य के हो ?

सामाजिक सञ्जाल फेसबुकमा मुस्ताङमा पहिरो गएको दाबी सहितको एउटा भिडियो पोस्ट गर्दै  पहाड नजिकै घर हुनेहरुलाई सतर्कता अपनाउन भनिएको छ।

तर हाम्रो तथ्यजाँचले भने यो भिडियो नेपालको नभएको देखियो।

के छ भिडियोमा ?

जुलाई १३, २०२४ मा रवीन्द्र कुमार कुशवाहा नाम गरेको फेसबुक अकाउन्टबाट पोस्ट गरिएको भिडियोमा आवासीय घरहरु भएको क्षेत्रमा पहिरो गएको दृश्य देख्न सकिन्छ।

भिडियोमा पहिरो झर्दै गर्दा एक जना महिला भागिरहेको पनि देख्न सकिन्छ।

यो पहिरो मुस्ताङ जिल्लामा गएको भिडियोमा दाबी गरिएको छ।

फेसबुकमा पोस्ट गरिएको भिडियोको स्क्रिनसट


भिडियोको फेसबुक लिंक

के हो तथ्य ?

सामाजिक सञ्जालमा नेपालको मुस्ताङ जिल्लामा गएको पहिरो भन्ने दावीसहित पोस्ट गरिएको भिडियोमाथि शंका लागिपछि हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्‍यौँ। भिडियोलाई ‘इनभिड वि भेरिफाई’ मार्फत् ‘की फ्रेम्स’ निकालेर रिभर्स इमेज सर्च गरेर हेर्दा ‘म्यासिभ ल्यान्डस्लाइड सेन्डस् वुमन…’ लेखेको युट्युब भिडियो देखियो ।

रिभर्स इमेज सर्चको स्क्रिनसट

यो भिडियो र मुस्ताङको भन्दै फेसबुकमा पोस्ट गरेको भिडियो एकै ठाउँको भएको पाइयो।

भिडियोमा देखिएको घर, भाग्दै गरेकी महिला र त्यहाँ देखिएको स्कुटरको नम्बरप्लेटले पनि सो भिडियो एकै ठाउँको भएको पुष्टि हुुन्छ।

एक जना महिला चिच्याउँदै भागेको त्यसमा देखिन्छ तर उनले बोलेको भाषा बुझिँदैन। यो युट्युब भिडियोलाई दि वेदर च्यानल नाम गरेको युट्युब च्यानलले मे २, २०२४ मा अपलोड गरेको पाइयो ।

युट्युबमा अपलोड भएको भिडियो

 

मे १५, २०२४ मा दि वेदर डट कमको वेबपेजमा पनि सोही भिडियो अपलोड गरिएको छ र सो भिडियो साउथवेस्ट चाइनाको भएको दाबी गरिएको छ ।

दि वेदर डट कममा राखिएको भिडियोको स्क्रिनसट

दि वेदर डट कमकोमा राखिएको भिडियोको वेवपेज लिंक

दि वेदर च्यानलमा अपलोड गरिएको युटुव भिडियोलाई स्क्रिनसर्ट गरेर रिभर्स इमेज सर्च गर्दा उक्त भिडियोसँग मेल खाने विभिन्न तस्विर तथा भिडियो फेला परे । त्यसमध्य डिसिइन्साइड डटकममा चिनियाँ पहिरोले घर भत्काएको भन्दै भिडियो स्क्रिनसटहरु राखिएको छ ।

रिभर्स इमेज सर्चको स्क्रिनसट


डिसिइन्साइड डटकमको लिंक

तथ्यजाँच

दावी : मुस्ताङमा घरहरुको बीचबाट पहिरो गएको भिडियो।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : मिथ्या सूचना। मुस्ताङको दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो र साउथवेस्ट चाइनामा गएको पहिरोको भिडियोमा देखिएको ठाउँ, वस्तु र व्यक्ति समेत समान रहेकाले सो भिडियो नेपालको मुक्तिनाथको नरहेको र यो दाबी मिथ्या रहेको निष्कर्षमा हामी पुग्यौँ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add