- प्रविण भट्ट
- भदौ १२, २०८२

साइबर ब्युरो सीआइबीको मातहतमा रहेको समाचार गलत
नेपाल प्रहरीको साइबर ब्यूरो केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत रहेको भन्दै बाह्रखरी अनलाइनले समाचार प्रकाशित गरेको छ। एमाले नेता ऐन महरविरुद्द पक्राउ पुर्जी जारी भएको भन्ने समाचारमा साइबर ब्युरो सीआईबी मातहत रहेको दावी गरिएको छ।
तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी गलत भएको पाइएको छ। साइबर ब्युरो अलग ब्युरो हो र यो नेपाल प्रहरी हेडक्वार्टर मातहत रहेको छ।
के हो दावी?
एमाले नेता ऐन महर विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार भदौ ११ गते बाह्रखरी अनलाइनले प्रकाशित गरेको हो। समाचारमा प्रहरीको साइबर ब्यूरो सीआईबी मातहत रहेको उल्लेख गरिएको छ।
समाचारको अर्काइभ यहाँ पढ्न सकिन्छ
हेर्नुस् स्क्रिनसट

के हो तथ्य?
साइबर ब्युरो नेपाल प्रहरीको सीआईबी मातहत नभई हेडक्वार्टर मातहत रहेको छ। साइबर ब्यूरोको वेबसाइटमा रहेको संगठनात्मक संरचनाका अनुसार ब्यूरो नेपाल प्रहरी हेडक्वार्टर मातहत छ।
हेर्नुस् स्क्रिनसट

तथ्यजाँच
दावी : नेपाल प्रहरीको साइबर ब्यूरो सीआईबी मातहत रहेको।
दावीकर्ताः बाह्रखरी अनलाइन।
तथ्यः मिथ्या सूचना। आधिकारिक वेबसाइटमा उल्लेख भएको संगठनात्मक संरचनाका अनुसार ब्यूरो नेपाल प्रहरी हेडक्वार्टर मातहत छ।