भ्रामक सूचना

के गिरिजाप्रसाद कोइराला सांसद नभइकनै प्रधानमन्त्री बनेका हुन् ?


के गिरिजाप्रसाद कोइराला सांसद नभइकनै प्रधानमन्त्री बनेका हुन् ?

  • पवित्रा पराजुली –

हालै सामाजिक संजालमा एउटा दावी भाइरल भइरहेको छ– दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद सांसद नभइकन प्रधानमन्त्री भएका हुन्।

तर, हामीले गरेको तथ्य जाँचले भने यो दावी भ्रामक भएको देखिएको छ।

के हो दावी?

टेलिभिजन पत्रकार राजेन्द्र बानियाँले एक अन्तर्वार्तामा भनेका छन्- २०६२/६३ को जनआन्दोलनपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला सांसद थिएनन्। सडकबाटै प्रधानमन्त्री भए ।

बानियाको दाबी उनकै शब्दमा यस्तो छः
आन्दोलनको बलमा त्यतिबेला गिरिजाप्रसाद कोइरालालाई ६२/६३ को आन्दोलनपछि प्रधानमन्त्री बनाको होइन? उहाँ त सांसद सदस्य त होइन। सात दल र माओवादीका बीचमा भएको सहमति अनुसार प्रधानमन्त्री भएको होइन? अनि जेन्जीले बनाएको रगत चैँ पानी, वहाँले बगाएको चैँ रगत हो र?

यो दाबीलाई ‘जनै हराएको बाहुन’ नामको टिकटकमा सेयर गरिएको छ। यो भिडियो २ लाख ४६ हजार भन्दा धेरैले हेरेका छन्।

हेर्नुहोस् स्क्रिनसट

यस्तो थियो भिडियो

के हो तथ्य?

२०६२/६३ मा सडकबाट गरिएको आन्दोलनबाटै सिधै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनाइएका होइनन्। आन्दोलनको प्रमुख माग संसद पुनःस्थापना थियो। जनआन्दोलनपछि राजा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते संसद पुनर्स्थापना गरे।

संसद पुनःस्थापना भएको समाचार तत्कालीन मिडियामा मात्रै आएको थिएन, विश्व मिडियामा पनि आएको थियो। कतारी विश्व समाचार च्यानल अल जजिरामा आएको समाचारको लिङ्क यता हेर्नुहोस्।

Screenshot

त्यसैगरी बेलायती प्रसिद्ध अखबार गार्डियनमा प्रकाशन भएको यो समाचारको अर्काइभ लिङ्क हेर्नुस्।

भएको के थियो ?

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा २०५९ जेठ ८ मा संसद विघटन सदर गरेका थिए ज्ञानेन्द्रले। पुनःस्थापना भएको सदनका एक सांसद थिए गिरिजाप्रसाद कोइराला।

२०५६ वैशाख २० र जेठ ३ गते भएको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट विजय भएका थिए कोइराला । हेर्नुहोस् मोरङबाट विजय भएका सांसद सूचीको एक नम्बरमा कोइरालाको नाम-

 

तथ्यजाँच

दावी : सडकबाट सांसद नभई सीधै प्रधानमन्त्री भएका थिए गिरिजाप्रसाद कोइराला।

दावीकर्ता : टेलिभिजन पत्रकार राजेन्द्र बानियाँ।

तथ्य :  भ्रामक सूचना। सडकबाट सिधै प्रधानमन्त्री भएका थिएनन् गिरिजाप्रसाद कोइराला। आन्दोलनका बेला संसद विघटन भएका कारण कोइराला सांसद नभए पनि पछि तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरेपछि उनी पुनर्स्थापित संसदका सांसद थिए। उनी संसदका सदस्य भएको आधारमा नै प्रधानमन्त्री बनेका हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add