तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

शनिबार सार्वजनिक विदा घोषणा भएको हो ? के छ गृह मन्त्रालयको विज्ञप्तिमा


शनिबार सार्वजनिक विदा घोषणा भएको हो ? के छ गृह मन्त्रालयको विज्ञप्तिमा

केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा सरकारले शनिबार ईद (ईद–उल–फित्र) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको दावी गरिएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा गृह मन्त्रालयको विज्ञप्तिमा ‘बिदा निर्णय’ स्पष्ट रूपमा उल्लेख नभई ‘विदा दिने व्यवस्था’ मात्र उल्लेख गरिएको देखिन्छ।

के हो दावी ?

‘सरकारले दियो भोलि सार्वजनिक विदा’ शीर्षकमा शिलापत्र   अनलाइन न्युजपोर्टलले चैत ६, २०८२ शुक्रबार साँझ समाचार प्रकाशन गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी सोही दिन अन्नपूर्ण पोस्ट दैनिकको अनलाइन अन्नपूर्ण पोस्ट डट कम ले पनि ‘शनिबार सार्वजनिक विदा’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क

दुवै समाचारमा गृह मन्त्रालयको विज्ञप्तिलाई आधार बनाउँदै उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।

हेर्नुस् स्क्रिनसट

शनिबार स्वतः सार्वजनिक विदा हुने भएकोले विदा दिने नयाँ निर्णय भएको हो कि होइन भनेर हामीलाई तथ्य जाँच गरिदिन अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको आधिकारिक विज्ञप्ति जाँच गर्‍यौँ।

विज्ञप्तिमा उल्लेख भएअनुसार:

  • नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार ईद (ईद–उल–फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ

  • मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८२ चैत ७ गते शनिबार ईद परेको उल्लेख गरिएको छ

  • साथै, सो अवसरमा मन्त्रालयले शुभकामना व्यक्त गरेको छ

तर विज्ञप्तिमा “आज सार्वजनिक बिदा दिने निर्णय गरियो” वा “घोषणा गरियो” भन्ने स्पष्ट वाक्य प्रयोग गरिएको छैन

हेर्नुस् विज्ञप्ति

विज्ञप्तिको अर्काइभ लिङ्क।

मिडियाले “व्यवस्था रहेको” भन्ने सूचनालाई “सरकारले बिदा घोषणा गर्‍यो” भनेर प्रस्तुत गरेका छन्

जबकि विज्ञप्ति सूचनामूलक छ र शुभकामनामूलक पनि छ तर शनिबार स्वतः सार्वजनिक विदा हुने भएकोले विदाको घोषणा भने स्पष्ट उल्लेख छैन।

तथ्यजाँच

दावी : सरकारले शनिबार ईदका दिन सार्वजनिक बिदा घोषणा गर्‍यो।

दावीकर्ता : शिलापत्र, अन्नपूर्ण पोस्ट लगायतका अनलाइन मिडिया।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। गृह मन्त्रालयको विज्ञप्तिमा ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख भए पनि “बिदा घोषणा गरिएको” स्पष्ट रूपमा उल्लेख छैन। मिडियाले उक्त सूचनालाई निश्चित निर्णय जस्तो प्रस्तुत गर्दा सन्दर्भ अपूर्ण भएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add