- सुरज घिमिरे
- भदौ १२, २०८३

‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै फैलाइएको भिडिओ अमेरिकाको अलास्काको
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै अहिले सामाजिक सञ्जालमा ‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार उक्त भिडिओको रसुवाको बाढीसँग कुनै सम्बन्ध छैन । भाइरल भिडियो अमेरिकाको अलास्कास्थित कोलम्बिया ग्लेसियर क्षेत्रमा भएको हिमताल विस्फोटजन्य बाढी (GLOF) को हो ।
के हो दाबी ?
फेसबुकमा ६९ हजार फलोअर्स भएको ‘हाम्रो लहान राम्रो लहान‘ नामक फेसबुक पेजमा बुधबार साँझ ६:४५ बजे एउटा भिडिओअपलोड भएको छ। उक्त भिडिओमा हिमताल फुटेको र हेलिकप्टरबाट अनुगमन गरिएको दृश्य देखिन्छ ।
भिडिओको क्याप्सनमा लेखिएको छ – “रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो ।”
१ मिनेट २५ सेकेन्ड लामो उक्त भिडिओ तथ्य जाँच गर्दासम्म ५ सय १४ रियाक्ट, २ सय १४ पटक सेयर र ४१ हजारभन्दा बढी पटक हेरिएको देखिन्छ ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
सोही भिडिओ र यससँग सम्बन्धित सामग्री अन्य थुप्रै फेसबुक प्रयोगकर्ता तथा पेजहरूले पनि अपलोड गरेका छन्।
हेर्नुहोस्, स्क्रिन रेकर्ड :
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडिओको सूक्ष्म अध्ययन गर्यौँ।
भिडिओमा केही अङ्ग्रेजी टेक्स्टहरू लेखिएको देखिन्छ,
“This is a GLOF.
Glacial Lake Outburst flood also known as Jokulhlaup
As glaciers move and melt, they can carve out depressions in the landscape. These depressions can fill with meltwater, forming glacial lakes.
These lakes can be dammed by moraines (accumulations of rock, sediment and ice left behind by the glacier), by the glacier itself, or by ice.
When the water pressure becomes too great and the natural dam fails, the water releases suddenly and catastrophically.
I’ve been studying this event on for Columbia glacier for 15 years.
It’s a common occurrence on many glaciers, and can change the topography drastically every time it happens.
It’s timing is rather unpredictable, but spectacular to witness, and in most cases only happens in uninhabited areas.
But some homes in Juneau, Alaska are downhill from a glacial lake that is predicted to burst and flood sometime in the next 2 weeks.
More likely in the next 5 days.
You can watch for updates and learn more at https://www.weather.gov/ajk/suicidebasin”
भिडिओमा यस्तो विवरण दिइएको छ : यो एक हिमताल विस्फोटजन्य बाढी (GLOF) हो, जसलाई ‘जोकुलह्लौप’ पनि भनिन्छ ।म विगत १५ वर्षदेखि कोलम्बिया ग्लेसियरमा हुने यस्ता घटनाको अध्ययन गरिरहेको छु ……तर अलास्काको जुनोस्थित केही घरहरू अर्को हिमतालको जोखिममा छन्, जुन आगामी केही दिनभित्र फुट्ने अनुमान गरिएको छ … )
भिडिओमै लेखिएको विवरणले उक्त दृश्य नेपालको नभई अमेरिकाको अलास्कास्थित कोलम्बिया ग्लेसियरसँग सम्बन्धित भएको देखाउँछ।
थप पुष्टि गर्न हामीले भिडिओका केही की फ्रेमहरू निकालेर ‘गुगल रिभर्स इमेज सर्च’ गर्यौँ । सर्चका क्रममा सन् २०२६ अगस्ट १२ मा ‘हन्टर’ नामक टिकटक एकाउन्टमा उक्त भिडिओ अपलोड भएको पाइयो । उनले भिडियोमार्फत हिमताल विस्फोटजन्य बाढी (Glacial Lake Outburst Flood(GLOF) को कारण र प्रभावबारे जानकारी दिँदै अलास्काको कोलम्बिया ग्लेसियरको जोखिमबारे व्याख्या गरेका छन् ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
तथ्य जाँच गर्ने क्रममा इन्स्टाग्राममा ३ लाख २८ हजारभन्दा बढी फलोअर्स भएकी व्यावसायिक हेलिकप्टर पाइलट ‘ले कोट्स’ले अगस्ट ११ मा अपलोड गरेको भिडिओसँग भाइरल दृश्य हुबहु मिलेको पाइयो । उक्त भिडिओ अलास्काको कोलम्बिया ग्लेसियरको भएको र सो क्षेत्रमा मानव बस्ती नभएको स्पष्ट लेखिएको छ ।
हेर्नुहोस्, स्क्रिन रेकर्ड :
उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
अनुसन्धानबाट भाइरल भिडिओ अमेरिकाको अलास्कास्थित कोलम्बिया ग्लेसियर क्षेत्रमा भएको हिमताल विस्फोटजन्य बाढी (GLOF)को दृश्य भएको पुष्टि हुन्छ। उक्त भिडिओ रसुवाको भोटेकोशीमा आएको बाढीसँग सम्बन्धित होइन।
तथ्य जाँच
दाबी : ‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै भाइरल भिडिओ
दाबीकर्ता : ‘हाम्रो लहान राम्रो लहान’ पेजसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य : भ्रामक (Misleading) । ‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै दाबी गरिएको भिडिओ अमेरिकाको अलास्कास्थित कोलम्बिया ग्लेसियर क्षेत्रमा भएको हिमताल विस्फोटजन्य बाढी (GLOF)को दृश्य हो । उक्त भिडिओको रसुवाको भोटेकोशीमा आएको बाढीसँग कुनै सम्बन्ध छैन ।