नेपाल फ्याक्टचेक टीम

नेपाल फ्याक्टचेक टीम

परियोजना संयोजक 


उज्ज्वल आचार्य अनुभवी पत्रकार हुन्। सन् २००१ देखि पत्रकारिता शुरू गरेका उनले बीबीसी, अन्नपूर्ण पोस्ट, रिपब्लिका दैनिक, दी काठमाण्डौँ पोस्ट, र नेपाल समाचारपत्र दैनिकमा संवाददातादेखि डिजिटल सम्पादकको रूपमा काम गरिसकेका छन्। युनेस्को नेपालमा पनि दुई वर्ष काम गरेका उनी नेपालको पहिलो तथ्यजाँच संस्था साउथ एशिया चेकको शुरूवाती वर्षमा डिजिटल कन्सल्टेन्टका रूपमा कार्यरत थिए। आचार्य हाल सिएमआर नेपाल जर्नालिज्म एकेडेमीमा निर्देशकका रूपमा कार्यरत छन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

सम्पादक 

उमेश श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग माइसंसारका संस्थापक हुन्। पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर श्रेष्ठ यसअघि नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत थिए। यसअघि उनी पहिलोपोस्टका सम्पादक र त्यसअघि अन्नपूर्ण पोस्ट दैनिकमा सहायक डिजिटल सम्पादक एवम् नागरिकन्यूजमा अनलाइन संयोजक थिए। उनी सन् २०२० को ज्यानुअरीदेखि सन् २०२३ नोभेम्बरसम्म नेपाल तथ्यजाँचमा कार्यरत थिए। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

सहायक सम्पादक

चेतना कुँवर पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर हुन् । सेन्टर फर मिडिया रिसर्च – नेपालमा सन् २०१८ देखि पत्रकारिता र मिथ्या सूचनासम्बन्धी अध्ययनहरूमा संलग्न उनी नेपाल तथ्यजाँचमा सन् २०२० देखि कार्यरत छिन्। उनी सिएमआर नेपाल जर्नलिजम एकेडेमीमा तथ्याङ्क पत्रकारिता र तथ्यजाँच प्रशिक्षक पनि हुन् । उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

तथ्यजाँचकीहरू 

सुरज घिमिरे युवा पत्रकार तथा फ्याक्टचेकर हुन्। उनी खसोखाससँग आबद्ध रहँदै डिजिटल, राजनीति, अध्यागमन र अन्तर्राष्ट्रिय विषयमा रिपोर्टिङ गर्छन्। उनले जर्नलिजम एकेडेमीले आयोजना गरेको ८ हप्ते तथ्य जाँच तालिम लिएका छन्। यसअघि रासस र प्राइम टाइम्स टेलिभिजनमा काम गरेका उनले हाल तथ्य जाँच, भ्रामक सूचनाविरुद्ध अभियान र मिडिया साक्षरतामा काम गरिरहेका छन्। घिमिरेले मिडिया टेक्नोलोजीमा स्नातक गरेका छन्। उनलाई लिङ्कडइन, फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

टेकमान शाक्य १६ वर्षदेखि पत्रकारितामा आवद्द छन् । उज्यालो रेडियो नेटवर्क, नेपाल एफएम नेटवर्कलगायत आधा दर्जन रेडियोमा समाचार वाचक, कार्यक्रम उत्पादक एवम् संचालक, संवाददातादेखि सह–सम्पादकको जिम्मेवारीमा रहेर काम गरेको अनुभव शाक्यसँग छ । उनले जर्नलिजम एकेडेमीले आयोजना गरेको ८ हप्ते तथ्य जाँच तालिम लिएका छन्। सन् २०२६ देखि उनी नेपाल तथ्यजाँचमा फ्याक्ट चेकरको रुपमा कार्यरत छन् । शाक्यलाई फेसबुक वा एक्समा भेट्न सकिन्छ ।

प्रदेशस्थित मिथ्या सूचना निगरानीकर्ताहरू | Provincial Misinformation Monitors

  1. निशान्त ढुङ्गाना, कोशी | Nishant Dhungana, Koshi
  2. अजित तिवारी, मधेश | Ajit Tiwari, Madhesh
  3. पवित्रा पराजुली, वागमती | Pabitra Parajuli, Bagmati
  4. सन्तोष पोखरेल, गण्डकी | Santosh Pokharel, Gandaki
  5. चन्द्रप्रकाश खनाल, लुम्बिनी | Chandra Prakash Khanal, Lumbini
  6. दिनेश गौतम, कर्णाली | Dinesh Gautam, Karnali
  7. लबदेव धामी, सुदूरपश्चिम | Lovedev Dhami, Sudurpaschim
सबैभन्दा धेरै हेरिएको