तथ्यजाँच मिथ्या सूचना

लकडाउनअघिको ‘घरबाट निस्के पक्राउ गरिने’ समाचार भाइरल हुँदै


लकडाउनअघिको ‘घरबाट निस्के पक्राउ गरिने’ समाचार भाइरल हुँदै


प्रधानमन्त्रीले आज बुधबार साँझ सर्वदलीय बैठक बोलाएको समाचार आए लगत्तै कयौँ अनलाइनहरुले ‘भोलिदेखि सरकारी कर्मचारीलाई पनि छुट्टी, घरबाट निस्किनेलाई पक्राउसम्म गरिने’ शीर्षकको समाचार राखेका छन्। यी समाचारहरु सयौँ सेयर भएका छन् र भ्रम फैलिरहेको छ।

हामीले गरेको फ्याक्टचेक अनुसार यी समाचारहरु देशभर लकडाउन सुरु हुनुभन्दा एक दिनअघि अर्थात् चैत १० (मार्च २३) मा प्रकाशित समाचारको कपिपेस्ट हुन्।

भोलिदेखि हुने भन्ने शीर्षक रहे पनि समाचारहरुमा भने ‘सोमबारसम्म सरकारी तथा सार्वजनिक कार्यालयहरु खुल्लै रहेका छन्’ लेखिएको छ, जबकि भोलिदेखि हुने भए आज बुधबारसम्म सरकारी कार्यालय खुल्लै हुनुपर्थ्यो।

समाचारमा ‘पोखरेल संयोजक रहेको समितिको बैठक हाल सिंहदरबारमा बसिरहेको छ’ भनिएको छ जबकि समितिको बैठक आज बसेको छैन।

यी सबै अनलाइनहरुले बिजशालामा चैत १० गते प्रकाशित समाचार आजको मिति राखेर हुबहु कपिपेस्ट गरेका हुन्।

यही पुरानो मितिको समाचारलाई अहिले यी अनलाइनहरुले आजको मितिमा कपिपेस्ट गरेर भ्रम छर्न खोजिएको छ। सूचना विभागमा दर्ता भएकै अनलाइनहरुले पनि यस्तो भ्रम फैलाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add