- प्रविण भट्ट
- भदौ २४, २०८२

जेन-जीको आन्दोलन हिन्दू राष्ट्रको मागका लागि भन्दै भ्रामक सूचना भारतबाट फैलाइयो
भारतको दिल्ली राज्यकी मुख्यमन्त्रीको नाममा चलेको एक्स (पहिला ट्विटर भनेर चिनिने) ह्याण्डलबाट भ्रामक सूचना फैलाइएको पाइएको छ। गत भदौ २३ गते काठमाडौंमा भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनलाई उनले हिन्दू राष्ट्रको पक्षमा भएको आन्दोलन भनेर देखाउन खोजेकी छिन्।
के हो दावी?
गत भदौ २३ गते काठमाडौेंमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनको फोटो राख्दै रेखा गुप्ता इन्साइट नामक एक्स ह्यान्डलले फोटो पोस्ट गरेको हो। फोटोसँगै राखिएको स्टाटसमा भने नेपाल में हिंदू राष्ट्र की मांग हुई तेज़, Gen-z सड़कों पर उतरे लेखिएको छ। उक्त स्टाटसले भदौ २३ को आन्दोलन हिन्दू राष्ट्रका लागि भएको जनाउँछ।
हेर्नुस् स्क्रिनसट-

यो तथ्यजाँच तयार पार्दासम्म २ हजार ४ सय जनाले लाइक गरेको सो पोस्टमा २९५ रिप्लाई रहेका छन् सो पोस्ट ४३१ पटक रिपोस्ट समेत गरिएको छ।
के हो तथ्य?
भदौ २३ गते भएको आन्दोलनको मुख्य एजेण्डा हेर्न हामीले युट्युबमा आन्दोलनको भिडियो खोजेर हेर्यौँ। युट्युबमा भेटिएका भिडियोमध्ये प्रोजेक्ट कुरा युट्युब च्यानलले राखेको भिडियोमा एक व्यानर देखिन्छ जसमा Students and Gen-Z rise against corruption लेखिएको छ।
हेर्नुस् स्क्रिनसट

दी नेपाली कमेन्ट नामक अर्को च्यानलले राखेको भिडियोमा आन्दोलनकै दृश्य देखिन्छ। आन्दोलनको दृश्यमा YOUTHS AGAINST CORRUPTION लेखिएको छ।
हेर्नुस् स्क्रिनसट

हेर्नुस् अन्य फेसबुक प्रयोगकर्ताले राखेको प्रदर्शनको फोटो

Gen-Z द्वारा सडकमा गरिएको आन्दोलन यसर्थ हिन्दू राष्ट्रका लागि नभई भ्रष्टाचार र बेथिति विरुद्ध हो।
तथ्यजाँच
दावीः हिन्दुराष्ट्रका लागि नेपालमा Gen-Z ले गरेको आन्दोलन गरेको।
दावीकर्ताः रेखा गुप्ता इन्साइट नामक एक्स ह्यान्डल।
तथ्यः भ्रामक सूचना। Gen-Z द्वारा सडकमा गरिएको आन्दोलन कुनै हिन्दुराष्ट्रका लागि नभई भ्रष्टाचार र बेथिति विरुद्ध हो।