तथ्यजाँच भ्रामक सूचना

के दुई साता काठमाडौँ उपत्यका ‘सटडाउन’ गर्न लागिएको हो ?


के दुई साता काठमाडौँ उपत्यका ‘सटडाउन’ गर्न लागिएको हो ?

२०७७ साउन २३ गते शुक्रबार एउटा समाचार सोसल मिडियामा भाइरल भएको छ। थुप्रै अनलाइन मिडियाहरुले काठमाडौँ उपत्यका दुई हप्ता ‘सटडाउन’ गरिने उल्लेख गरेका छन्। लकडाउन खुला भएसँगै काठमाडौँमा दिनदिनै बढिरहेको संक्रमणले जोखिम बढाएपछि फेरि लकडाउन हुने/नहुने अनुमान चलिरहँदा ‘सटडाउन’को समाचार भाइरल भएको हो। के हो यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

 

अनलाइन मिडिया रातोपाटीले काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै शीर्षकको समाचार राखेको छ जुन उसकै आधिकारिक फेसबुक पेजबाट शुक्रबार साँझसम्म ३७५ सेयर भएको छ। १९ सय वटा रियाक्सन र ८७ कमेन्ट छन्। समाचारमा भक्तपुरकी सिडिओ हुमकला पाण्डेलाई उद्‍धृत गर्दै आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको उल्लेख छ।  समाचारमा ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने र अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेलाई उद्‍धृत गर्दै लेखिएको छ।

मिरियम वेबस्टरका अनुसार  अङ्ग्रेजी शब्द सटडाउनको अर्थ कुनै काम वा गतिविधि बन्द वा निलम्बन गर्ने हो। उपत्यका सटडाउन भनी अनलाइन मिडियाहरुमा आएका शीर्षकले उपत्यका नै बन्द हुने खालको भ्रम पनि फैलाएको छ।

तर कान्तिपुरसितको अन्तर्वार्तामा काठमाडौँका सिडिओ जनकराज दाहालले सटडाउनको अर्थ खुलाउँदै भनेका छन्-

जोरबिजोर प्रावधान गाडीको मोबिलिटीमा ‘सटडाउन’ चाहिँ हो । राति ९ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी आवागमन निषेध गरिएको छ । लकडाउन खुलेपछि रात्रिकालीन आवागमन ह्वात्तै बढेको पाइयो । यसले समाजमा संक्रमण फैलिने जोखिम देखायो । होटल/रेस्टुराँमा मापदण्ड उल्लंघन गरेको देखियो त्यसैले रात्रिकालीन आवागमन अनिश्चितकालका लागि रोकिएको हो ।

सटडाउनले पूरै जिल्ला नै बन्द हुने जस्तो भ्रम फैलाए पनि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको सूचनामा भने जिल्ला प्रशासन कार्यालयका ८ वटा सेवा मात्र स्थगित हुने उल्लेख छ। सूचना अनुसार यी सेवा साउन २५ आइतबारदेखि भदौ ८ गतेसम्म अर्थात् १६ दिनसम्म स्थगित हुनेछन्।

यो अवधिमा पनि यी पाँच सेवाहरु भने सञ्चालनमै रहनेछन्-

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि यस्तो सूचना जारी गरेको छ-

दुई जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अरु सरकारी तथा निजी कार्यालयहरुको बारेमा केही पनि उल्लेख छैन।

 

निश्कर्ष : काठमाडौँ उपत्यका दुई साता सटडाउन गर्ने शीर्षकमा आएका समाचार भ्रामक छन्। यसले उपत्यका नै बन्द हुने भ्रम पाठकलाई पर्न सक्छ। तर उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले  जारी गरेको सूचनामा ‘सटडाउन’ शब्द उल्लेख छैन। त्यसमा सो कार्यालयले जारी गर्ने अत्यावश्यक बाहेकका केही सेवा प्रवाहमात्र बन्द गरिएको उल्लेख छ, पूरै उपत्यका सटडाउन भनिएको छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add