नेपाल फ्याक्टचेक टीम

नेपाल फ्याक्टचेक टीम

परियोजना संयोजक / कार्यवाहक सम्पादक


उज्ज्वल आचार्य अनुभवी पत्रकार हुन्। सन् २००१ देखि पत्रकारिता शुरू गरेका उनले बीबीसी, अन्नपूर्ण पोस्ट, रिपब्लिका दैनिक, दी काठमाण्डौँ पोस्ट, र नेपाल समाचारपत्र दैनिकमा संवाददातादेखि डिजिटल सम्पादकको रूपमा काम गरिसकेका छन्। युनेस्को नेपालमा पनि दुई वर्ष काम गरेका उनी नेपालको पहिलो तथ्यजाँच संस्था साउथ एशिया चेकको शुरूवाती वर्षमा डिजिटल कन्सल्टेन्टका रूपमा कार्यरत थिए। आचार्य हाल सिएमआर नेपाल जर्नालिज्म एकेडेमीमा निर्देशकका रूपमा कार्यरत छन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।
सहायक सम्पादक

चेतना कुँवर पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर गरेर नेपाल तथ्यजाँचमा सन् २०२० देखि कार्यरत छिन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

तथ्यजाँचकीहरू 

वसन्त खड्का अनुभवी पत्रकार हुन्। उनी नागरिक राष्ट्रिय दैनिकमा राजनीतिक र परराष्ट्र मामिला संवाददाता थिए भने सन् २०२२ मा रोयटर्स क्लायमेट जर्नालिज्म नेटवर्कका सदस्य तथा फेलो र केएएस एशिया प्रोग्रामका फेलो हुन्। अटिनियो डी मनिला युनिभर्सिटी, फिलिपिन्सबाट पत्रकारितामा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उनी सन् २०२२ को डिसेम्बरदेखि नेपाल तथ्यजाँचमा कार्यरत छन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

प्रविण भट्ट सन् २०२१ देखि तथ्यजाँच क्षेत्रमा सक्रिय रहेका अनुभवी तथ्यजाँचकी हुन्। त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसबाट वि.ए.एल.एल.वि. (कानूनमा स्नातक) गरेका भट्टले साउथ एसिया चेक र नेपाल चेकमा काम गर्दै तथ्यजाँचमा गहिरो अनुभव हासिल गरेका छन्। ग्लोबल प्रेस जर्नलका नेपालसम्बन्धी सामग्रीमा प्रमाणीकरणको कार्य गर्दै आएका छन् । उनी २०२४ को जुलाईदेखि नेपाल तथ्यजाँचमा कार्यरत छन् । उनलाई ट्विटरफेसबुकमा भेट्न सकिन्छ ।

सागर बुढाथोकी पहिलोपोस्ट, अनलाइनखबर र हिमालखबर डटकममा काम गरिसकेका अनुभवी पत्रकार हुन्। उनलाई  सन् २०२१ मा बारबरा फाउन्डेसनले कोभिड १९ महामारीमा उत्कृष्ट काम गरेको भन्दै ‘कोभिड १९ फ्रन्टलाइन हिरोज्’ को विशेष सम्मान गरेको थियो। विशेषगरि स्वास्थ्य र सामाजिक विषयमा रिपोर्टिङ गरिरहेका उनी २०२४ को जुलाईदेखि नेपाल तथ्यजाँचमा कार्यरत छन्। उनले  त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनलाई ट्विटरफेसबुकमा भेट्न सकिन्छ।

मिथ्या सामग्री निगरानीकर्ता

पबित्रा खड्का स्वास्थ्य बिटमा केन्द्रीत रहेर पत्रकारितामा क्रियाशील छिन् । नेपालन्यूज डटकम लगायतका डिजिटल संचार माध्यममा काम गरिसकेकी उनी सामाजिक संजालमा फैलिने भ्रामक तथा मिथ्या सूचनाको मनिटरिङमा रुचि राख्छिन् ।

पूर्व सम्पादक 

उमेश श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग माइसंसारका संस्थापक हुन्। पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर श्रेष्ठ यसअघि नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत थिए। यसअघि उनी पहिलोपोस्टका सम्पादक र त्यसअघि अन्नपूर्ण पोस्ट दैनिकमा सहायक डिजिटल सम्पादक एवम् नागरिकन्यूजमा अनलाइन संयोजक थिए। उनी सन् २०२० को ज्यानुअरीदेखि सन् २०२३ नोभेम्बरसम्म नेपाल तथ्यजाँचमा कार्यरत थिए। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

प्रदेशस्थित मिथ्या सूचना निगरानीकर्ताहरू | Provincial Misinformation Monitors

  1. बाबुराम भण्डारी, प्रदेश १ | Baburam Bhandari, Province 1
  2. माधुरी महतो, मधेश | Madhuri Mahato, Madhesh
  3. सन्तोष सिंह, मधेश | Santosh Singh, Madhesh
  4. सुभेच्छा विन्दु, वागमती | Subechhya Bindu, Bagmati
  5. नसना बज्राचार्य, वागमती | Nasana Bajracharya, Bagmati
  6. सन्तोष पोखरेल, गण्डकी | Santosh Pokharel, Gandaki
  7. दिनेश गौतम, कर्णाली | Dinesh Gautam, Karnali
  8. टेकराज जोशी, सुदूरपश्चिम | Tekraj Joshi, Sudurpaschim
सबैभन्दा धेरै हेरिएको