नेपाल फ्याक्टचेक टीम

नेपाल फ्याक्टचेक टीम

परियोजना संयोजक / कार्यवाहक सम्पादक

उज्ज्वल आचार्य अनुभवी पत्रकार हुन्। सन् २००१ देखि पत्रकारिता शुरू गरेका उनले बीबीसी, अन्नपूर्ण पोस्ट, रिपब्लिका दैनिक, दी काठमाण्डौँ पोस्ट, र नेपाल समाचारपत्र दैनिकमा संवाददातादेखि डिजिटल सम्पादकको रूपमा काम गरिसकेका छन्। युनेस्को नेपालमा पनि दुई वर्ष काम गरेका उनी नेपालको पहिलो तथ्यजाँच संस्था साउथ एशिया चेकको शुरूवाती वर्षमा डिजिटल कन्सल्टेन्टका रूपमा कार्यरत थिए। आचार्य हाल सिएमआर नेपाल जर्नालिज्म एकेडेमीमा निर्देशकका रूपमा कार्यरत छन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

भूतपूर्व सम्पादक 

उमेश श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लगका संस्थापक हुन्। पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर श्रेष्ठ यसअघि नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत थिए। यसअघि उनी पहिलोपोस्टका प्रधान सम्पादक र त्यसअघि अन्नपूर्ण पोस्ट दैनिकमा सहायक डिजिटल सम्पादक एवम् नागरिकन्यूजमा अनलाइन संयोजक थिए। उनी सन् २०२० को ज्यानुअरीदेखि सन् २०२३ नोभेम्बरसम्म नेपाल: तथ्यजाँचमा कार्यरत थिए। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

तथ्यजाँचकी | Fact-Checker

वसन्त खड्का अनुभवी पत्रकार हुन्। उनी नागरिक राष्ट्रिय दैनिकमा राजनीतिक र परराष्ट्र मामिला संवाददाता थिए भने सन् २०२२ मा रोयटर्स क्लायमेट जर्नालिज्म नेटवर्कका सदस्य तथा फेलो र केएएस एशिया प्रोग्रामका फेलो हुन्। उनी सन् २०२२ को डिसेम्बरदेखि नेपाल: तथ्यजाँचमा कार्यरत छन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

सहायक अध्ययनकर्ता 

चेतना कुँवर पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर गरेर नेपाल: तथ्यजाँचमा सन् २०२० देखि कार्यरत छिन्। उनलाई फेसबुक वा ट्विटरमा पनि भेट्न सकिन्छ।

 

 

प्रदेशस्थित मिथ्या सूचना निगरानीकर्ताहरू | Provincial Misinformation Monitors

  1. बाबुराम भण्डारी, प्रदेश १ | Baburam Bhandari, Province 1
  2. माधुरी महतो, मधेश | Madhuri Mahato, Madhesh
  3. अजित तिवारी, मधेश | Ajit Tiwari, Madhesh
  4. सुभेच्छा विन्दु, वागमती | Subechhya Bindu, Bagmati
  5. नसना बज्राचार्य, वागमती | Nasana Bajracharya, Bagmati
  6. सन्तोष पोखरेल, गण्डकी | Santosh Pokharel, Gandaki
  7. सीपी खनाल, लुम्बिनी | CP Khanal, Lumbini
  8. गोपाल भट्टराई, लुम्बिनी | Gopal Bhattarai, Lumbini
  9. दिनेश गौतम, कर्णाली | Dinesh Gautam, Karnali
  10. टेकराज जोशी, सुदूरपश्चिम | Tekraj Joshi, Sudurpaschim
सबैभन्दा धेरै हेरिएको